लेखनाथमा 'क्लासमेटलाई ब्ल्याकमेल', १६ वर्षीय युवक पक्राउ

पाेखरा | मंसिर २२, २०८०

लेखनाथमा 'क्लासमेटलाई ब्ल्याकमेल', १६ वर्षीय युवक पक्राउ

पोखरा:   कास्की प्रहरीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई (एउटै स्कुलमा अध्ययन गर्ने) सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी (फेक आइडी) बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए ।  

 

विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ ।  पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।


 

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्